काठमाडौं – सरकारले कोरोना रोग नियन्त्रणमा खटिएका कर्मचारी बाहेक सबैलाई दिने अतिरिक्त भत्ता खारेज गरिदिएको छ ।
सार्वजनिक खर्चमा मितव्ययिता अपनाउनका लागि कार्यालय सञ्चालन, इन्धन, सहज अवस्था आएपछि हुने आन्तरिक र वैदेशिक भ्रमण, कम प्राथमिकताका गोष्ठी, सम्मेलन, सेमिनार, भैपरी खर्च, फर्निचर, सवारी साधन खरिद र मर्मत खर्चमा बजेट कटौती भएको छ ।
कोरोना रोकथाममा पहिलो पंक्तिमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलगायतका बाहेक अन्य कर्मचारीले पाउने प्रोत्साहन भत्ता, अतिरिक्त भत्ता, बैठक, खाना तथा खाजा खर्च, जोखिमलगायतका सबै प्रकारका भत्ता आगामी साउन १ गतेदेखि खारेज गरिएको छ ।
विभिन्न सरकारी कार्यालयमा तलबको दोब्बर रकम सम्म भत्ता पाउने गरेका थिए ।
कोरोना रोग नियन्त्रणमा खटिएका कर्मचारीले भने भत्ता पाउने छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३