अर्घाखाँची – भारतबाट अर्घाखाँची आउँदै गर्दा बाटोमै मृत्यु भएका एक युवकमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको छ । गत जेठ १० गते भारतबाट फर्किने क्रममा मृत्यु भएका भूमिकास्थान नगरपालिका वडा नम्बर-९ चरेपानीका एक युवकको रिपोर्ट पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी विजय पौडेलले पुष्टि गरे ।
प्रजिअ पौडेलका अनुसार उनको कपिलवस्तु ल्याएर पोस्टमाटम गरिएको थियो । त्यहीँबाट स्वाब निकालेर कोरोना परीक्षणका लागि भैरहवा जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।
भैरहवा जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट उनी कोरोना संक्रमित पुष्टि भएको अर्घाखाँची अस्पतालका सूचना अधिकारी विजय विकले बताए ।
घर फर्किने क्रममा मृत्यु भएका युवकको शवलाई उनको आफन्तले सन्धिखर्कस्थित गच्चे भन्ने स्थानमा गाडेका थिए। उनीसँगै आएका मानिसहरूको तथ्यांक संकलन सुरु भइसकेको प्रजिअ पौडेलले बताए। यधपी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुरा पुष्टि गर्न बाकि छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७