काठमाडौं – मिनिट्रक र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । काठमाडौंको बालाजुमा मिनिट्रक र स्कुटर ठोक्किँदा बझाङका २२ वर्षका लोकेन्द्र विष्ट र २५ वर्षका धनबहादुर बुढाको मृत्यु भएको हो ।
बिहीबार राति गोगंबुबाट बालाजु जादै गरेको बा २ ख ५४ ८४ नम्बरको मिनिट्रकसँग ना ६५ प २००१ नम्बरको स्कुटर ठोक्किँदा घाइते भएका बुढाको ट्रमा सेन्टरमा र विष्टको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा राति नै मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३