काठमाडौं – नेपालको ध्वजावाहक पानीजहाज सञ्चानलका लागि पूर्वाधार निमांणमा सरकारले रकम विनियोजन गरेको छ । जलमार्ग सहितका पूर्वाधार निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगत १ खर्व ३८ अर्ब ८० करोड विनियोजन गरेको छ।
बिहीबार सरकारले आर्थिक वर्ष २०७७र ७८ को बजेट वक्तव्यमा नेपालको आफ्नै ध्वजावाहक पानीजहाज भारतको आन्तरिक जलमार्गबाट समुद्रसम्म जानसक्ने गरी सञ्चालन गर्न पूर्वाधार निर्माण तथा कानूनी व्यवस्था गरिने उल्लेख छ।
आन्तरिक जल यातायात पूर्वाधार विकास गर्न कोशीको चतरादेखि तुम्लिङ्गटार, नारायणीको त्रिवेणीदेखि देवघाट हुँदै राम्दी र कर्णालीको खक्रौलादेखि खिमडीसम्म जल यातायात सञ्चालनको सम्भाव्यता अध्ययन कार्य सम्पन्न गरिने बजेट वक्तव्यमा अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७