काठमाडौँ – केही भारतीय मिडियामा आएका समाचारप्रति नेपाली सेनाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
केही भारतीय मिडियाले भ्रामक दुरासयपूर्ण काल्पनिक तथा निराधार समाचार दिएको भन्दै यस्ता समाचार दुई देशका सेनाबीचको ऐतिहासिक सम्बन्ध र विश्वासमा नकारात्मक असर पुर्याउने उद्धेश्यबाट प्रेरित भएको उल्लेख गरेको छ।
‘राष्ट्रिय एकता थप मजबुत बनाउनु पर्ने वर्तमान परिस्थितिमा नेपालमा विभाजन ल्याउने तथा नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने कुत्सित मनसायले नेपाली सेनाप्रति लक्षित यस प्रकारको अफवाहमा विश्वास नगर्न आमपाठक तथा स्वाभिमानी नेपाली नागरिकलाई हार्दिक अनुरोध गरिन्छ।’
नेपाली सेनाले बिहीबार राति निकालेको विज्ञप्तिमा भनिएको छ,’यस सम्बन्धमा माननीय उपप्रधान तथा रक्षामन्त्रीज्यूबाट समेत धारणा सार्वजनिक भइसकेको जानकारी गराउँदै नेपाली सेना नेपालको संविधानअनुरूप नेपाल सरकारबाट प्राप्त वैधानिक निर्णय र निर्देशन पालना गर्न सदैव कटिवद्ध रहेको जानकारी पनि गराउन चाहन्छौं।’
आगामी दिनहरूमा समेत विभिन्न माध्यमबाट नेपाल, नेपाली नागरिक र नेपाली सेनासम्बन्धी यस प्रकारका अफवाह फैलाउन प्रयास हुन सक्ने भन्दै नेपाली सेनाले सचेत र सजग रहन समेत अनुरोध गरेको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३