एजेन्सी – भारतमा थप एक महिना लकडाउन लम्ब्याउने निर्णय भएको छ । भारत सरकारले शनिबार उक्त निर्णय गरेको हो । भारतमा यो पाँचौ चरणको लकडाउन हो ।
निर्णयअनुसार पाँचौ चरणको लकडाउनसँगै चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउँदै लैजाने तयारी भारत सरकारले गरेको छ । जसअनुसार जुन ८ देखि लकडाउन खुकुलो बनाउने पहिलो चरण सुरु हुन्छ ।
पहिलो चरणमा धार्मिक स्थल, होटल, रेष्टुरेन्ट, आतिथ्य क्षेत्र र सपिङ मलहरु खुलाउने तयारी गरिएको छ ।
भारत सरकारले यसलाई अनलक चरण एक भनेको छ । दोश्रो चरणमा राज्य सरकारहरुसँग छलफल गरी विद्यालय, कलेज, शैक्षिक संस्था, प्रशिक्षण केन्द्रहरु खोलिने जनाइएको छ । तेश्रो चरणमा अन्तर्राष्ट्रिय उडान, सिनेमा हल, मेट्रो रेलसेवा, स्विमिङ पुल लगायत खोलिने जनाइएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३