काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विज्ञहरुसँग परामर्श गरेका छन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन गरेपछि प्रधानमन्त्री ओलीले जनस्वास्थ्य र अर्थविदहरुसँग पहिलो पटक गरेको छलफल झण्डै चार घण्टा चलेको थियो ।
बालुवाटारमा भएको छलफलमा विज्ञहरुले लकडाउन खुकुलो बनाउन सुझाव दिएका छन् । तर मोडालिटीबारे भने उहाँहरुले आआफ्नो तरिका सुझाउनु भएको छ’ छलफलमा सहभागी एकले भने ।
सबैको कुरा सुनेपछि प्रधानमन्त्री ओलीले आधाभन्दा बढी सम्बोधन गरेका थिए । उनले पूर्वीय दर्शन र नेपाली औषधिजन्य जडिवुटीबारे पनि ध्यान दिन सुझाएका छन् । साथै सबैले उच्च मनोबल बनाउनुपर्नेमा जोड दिएको एक सहभागीले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७