चितवन – १५ वर्षअघि माडीको बाँदरमुढे खोलामा तत्कालिन विद्रोही पक्षले सर्वसाधारण चढेको गाडीमा बम विस्फोट गरायो। तत्कालिन माओवादी कार्यकर्ताले विद्युतीय धराप विस्फोट गराउँदा ३४ जना सर्वसाधारण र तीन सुरक्षाकर्मीसहित ३७ जनाको घटनास्थलमै मृत्यु भएको थियो।
पछि थप ५ जनाको मृत्यु भयो, ७० जना घाइते भएका थिए । उक्त घटनाको आज शुक्रबार १५ वर्ष पुरा भएको छ। बाँदरमुडे खोलामा ना १ ख ३२४५ नं. को बसमा ०६२ जेठ २३ मा विस्फोट भएको। जेठ २३ सो दिनले माडीबासीलाई वर्षेनी झस्काउने मात्र हैन, नमिठो पीडा दिने गरेको छ। बिनाकारण ज्यान गुमाएपछि माडीबासीले सुरु गरेको न्यायको लडाइँ अझै पुरा भएको छैन।
घटनाका पीडितले अझै पनि न्याय मागी रहेका छन। बाँदरमुढे खोलामा स्मारक बनेको छ। पीडित उक्त स्थानमा शोकसभा गरेर फर्किन्छन्। वर्षेनी यो क्रम चल्दै आएको छ। न्यायको बदलामा पीडा अनुभूति हुने घाइतेहरु दुःखेसो गर्छन्।
घटनाका विषयमा कसैले सोधे पनि दिक्क मान्छन्, पुरानो घाउ बल्झाएको भन्दै कति त झर्किन्छन्। घटना विर्सन नसक्दा पीडा हुने गरेको उनीहरु भनाई रहेको आजको अन्नपूर्ण पोष्ट् दैनिकमा खवर छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७