काठमाडौं – जुम्लामा क्वारेन्टिनमा बसेका एक वृद्धको मृत्यु भएको छ ।
चन्दननाथ नगरपालिका–८ स्थित भैरव मावि क्वारेन्टिनमा बसेका ६५ वर्षीय वृद्धको शुक्रबार बिहान मृत्यु भएको वडाध्यक्ष नरजित दमाईले जानकारी दिए । वडाध्यक्ष नरजितका अनुसार उनी शुक्रबार बिहान ११ बजेदेखि सो क्वारेन्टिनमा बस्दै आएका थिए ।
बर्दियाबाट जुम्ला बजार आइपुगेका उनी बिहीबार साँझ त्यहीँ बसेका थिए । दमका रोगी रहेका वृद्धलाई उनकै बुहारीले बोकेर क्वारेन्टिन स्थलसम्म पुर्याएका थिए । वडाध्यक्ष नरजितका अनुसार मृतक वृद्ध गत मंसिरमा आफन्तको घर बर्दिया गएका थिए । मृतक वृद्धसहित सो क्वारेन्टिन स्थलमा सात जना बस्दै आएको वडाध्यक्ष नरजितले बताए ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले भने, ‘क्वारेन्टिनमा बसेका ६५ वर्षीय वृद्धको मृत्यु भएको छ, उनी दमको रोगी रहेछन् । लामो समयदेखि औषधि पनि सेवन गर्दै आइरहनु भएको रहेछ । कोरोना परीक्षणका लागि चिकित्सकको टोलीले उनको स्वाब संकलन गरिसकेको छ ।’
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आएको चिकित्सकको टोलीले मृतक वृद्धसहित क्वारेन्टिन स्थलमा बसेका सबै जनाको स्वाब संकलन गरिसकेको उनले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७