काठमाडौं – चक्रवात ‘निसर्ग’ को प्रभावका कारण आज देशभर बदलीसँगै वर्षा भइरहेको छ । अरब सागरको दक्षिणपूर्वी भूभागमा बुधबारदेखि विकसित भएको ‘निसर्ग’ चक्रवातको अप्रत्यक्ष प्रभाव नेपालमा पर्दा देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ ।
शुदूरपश्चिमका पाहाडी जिल्लामा शुक्रबारदेखि लगातार पानी परिरहेको छ । मौसममा आएको बदलिका कारण उच्च पहाडी तथा हिमाली भूभागमा यसले हिमपात गराउने सम्भावना रहेको मौसमविद्हरुको अनुमान समेत रहेको छ ।
शनिबार सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश नं ५ मा अधिक बर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७