एजेन्सी – भारतको आर्थिक राजधानी मुम्बईमा कोरोना संक्रमितको संख्या ५१ हजार पुगेको छ।
यो आँकडा भाइरसको उद्गम शहर वुहानको भन्दा धेरै हो।
भारतमा हालसम्म २ लाख ७८ हजार बढी कोरोनाका संक्रमित फेला परिसकेका छन्।
महाराष्ट्र भारतमा कोरोनाबाट सबैभन्दा धेरै प्रभावित राज्य हो। त्यहाँ हालसम्म ९० हजार बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ।
मुम्बईसँगै भारतको राजधानी नयाँ दिल्लीमा पनि संक्रमण तीब्र गतिमा बढिरहेको छ।
दिल्ली सरकारले हालै सार्वजनिक गरेको एक बयानमा जुलाई अन्त्यसम्म त्यहाँ संक्रमित संख्या पाँच लाख पुग्नसक्ने बताएको छ।
भारतले कोरोना भाइरस रोकथामका लागि विभिन्न चरणमा गरेर तीन महिना लामो लकडाउन गरेको थियो। हाल त्यो लकडाउन विस्तारै खुकुलो पारिदैं लगिएको छ।
जुन ८ बाट भारतका कयौं राज्यमा सपिङ मल, धार्मिक स्थल र कार्यालय खुल्न थालेका छन्। पसल, बजार र यातायात यसअघि नै केही सर्तहरू पालना गर्ने सर्तमा खोलिएको थियो।
विशेषज्ञहरू भारतमा जारी संक्रमणदरले भाइरसको संक्रमण अझै आफ्नो उच्च बिन्दुमा पुगिनसकेको बताएका छन्।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३