काठमाडौं – सरकारी निर्णयपछि ट्राफिक प्रहरीले दुई पांग्रे सवारीसाधनमा चालकलाई मात्र चढ्न दिएको छ । दुई जना चढेर आएको अवस्थामा रोक्न थालिएको छ ।
मोटरसाइकल र स्कुटरमा दुई जना चढ्न नमिल्ने निर्णयको सर्वसाधारणले भने विरोध जनाएका छन् । यो निर्णय व्यवहारिक नभएको उनीहरुको भनाइ छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकाल भने आफूहरुले सरकारी निर्णयको कार्यान्वयन गरेको बताउँछन् । मोटरसाइकलको सन्दर्भमा जोर–विजोर सम्बन्धी नियम लागू हुने या नहुने भन्ने पनि अन्यौल छ ।
ढकालले भने, ‘केही विषयमा अन्यौल सिर्जना भएका छन्, जिल्लामा रहेको सीसीएमसीमा छलफल गरेर टुंगोमा पुग्छौं ।’
शुक्रबार जोड–विजोरको नियम उल्लंघन गरेको आरोपमा तीन सय जना कारबाहीमा परेका छन् । पास भएका सवारीसाधनलाई भने जोर–विजोरको नियम लागू भएको छैन ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३