काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अब मुलुकमा फेरि आन्दोलन जरुरी नभएको बताएका छन् । सुशासन र स्वच्छता कायम गर्ने भन्दै उनले ढुक्क रहन आग्रह समेत गरेका छन् ।
आइतबारदेखि बैकल्पिक सिकाइ प्रविधि सुरु भएको अवसरमा शुभकामना सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुक विग्रँदै पो छ कि ? मेरा अभिभावकको भोटबाट बनेको देशको सरकार कर्तव्यबाट चुक्दैछ कि ? आम सञ्चार माध्यममा देखिने विभिन्न मुलुकहरुमा पोखिएको आक्रोस वा दिक्दारी मेरो मुलकमा दोहोरिने हो कि ? कतिपय विज्ञासु युवाहरुको प्रश्न आफूले सुनेको बताए ।
उनले अघि भनेका छन्, ‘म एकमुष्ट भन्न चाहन्छु, जति लड्ने हो यो पुस्ता लड्छ । मुलुक बन्छ । अबका दिनमा हाम्रा सन्तानहरु यस मुलकको भाग्यमानी पुस्ता बन्छ भन्ने तपाईँका अभिभावकहरुको भनाइ झुटा सावित हुँदैन ।’
प्रधानमन्त्री ओलीले भने, ‘अप्ठ्यारोमा दुविधा हुन्छ, त्यही दूर गर्न नेतृत्व चाहिन्छ ।आरोप लगाएजस्तो गफ हानेको होइन, ढुक्क रहौं, मुलुक बन्छ । सुशासन स्वच्छता कायम हुन्छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७