काठमाडौँ – नेपालमा राष्ट्र बैंकबाट सञ्चालनको अनुमति लिएर हाल सञ्चालनमा रहेका १३ वटा भुक्तानी प्रदायक संस्थाले साधारण शेयर जारी गर्नुपर्ने भएको छ।
राष्ट्र बैंकबाट भुक्तानी सेवा कम्पनीले शेयर जारी गर्नुपर्ने व्यवस्था गरिएको हो।
भुक्तानी तथा फस्र्यौट विनियमावली २०७७ मा भुक्तानी प्रदायक संस्थालाई पनि साधारण शेयर जारी गर्नुपर्ने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ।
यो व्यवस्थासंगै भुक्तानी प्रदायक संस्था इसेवा,आइएमई पे, खल्ती, सेल पे, आइ पेलगायत मनिट्रान्सफरहरुले पनि स्थापना भएको ३ वर्षपछि साधारण शेयर जारी गर्ने पर्ने हुन्छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७