चितवन – पहिरोले अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । बुधवार विहान सवा ४ बजे पहिरो झरेर अवरुद्ध बनेको सडकखण्ड साँझ ६.३० बजे एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
ईच्छाकामना गाउँपालिका- ६ स्थित चार किलोमा खसेको पहिरो हटाएर १४ घण्टापछि एकतर्फी रुपमा सञ्चालन गर्न सकिएको नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले बताए । उनका अनुसार दुईतर्फी सडक खुलाउन बिहिबारसम्म लाग्नेछ ।
चार किलोमा ठूलो डाँडा नै सडकमा झरेकोले समय लागेको सूचना अधिकारी खनालले बताए । पहिरो हटाउन दिनभर पाँच वटा डोजर प्रयोग गरिएको थियो । सडक अवरुद्ध भएपछि रोकिएका दर्जनौं सवारी साधनलाई विस्तारै गन्तब्यतिर जान थालेका छन् ।
जाममा पर्नेमा ठूला ट्रकहरु धेरै छन् । चार किलो नारायणगढ मुग्लिन सडकको सबैभन्दा बढी पहिरो जाने स्थान हो । कमजोर भूवनोट भएको कारण पटक पटक पहिरो खस्ने समस्याले दुख दिने गरेको छ । नारायणगढ मुग्लिन सडकको ३६ किलोमिटरको दुरीमा नौ स्थान पहिरोको जोखिमयुक्त क्षेत्र छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३