काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले ०५३ सालमा महाकाली सन्धिबारे आफ्नो नेतृत्वमा रहेको आयोगले काली नदीपूर्व नेपालका भू-भाग रहेको प्रष्ट लेखेको बताएका छन्।
बिहीबार राष्ट्रियसभामा बोल्दै प्रधानमन्त्री ओलीले उक्त सन्धीमा काली नदीको मुहानबारे प्रष्ट नलेखिएको भन्ने प्रश्न उठेपछि आफूले बुझाएको प्रतिवेदनमा काली नदीपूर्व नेपालका भू-भाग र लिम्पियाधुरासमेत उल्लेख गरिएको बताए।
‘०५३ सालमा मेरो नेतृत्वमा एउटा आयोग बनेको थियो। त्यस आयोगले प्रतिवेदन नै दिएको छ, लिम्पियाधुराबाट निस्किएको काली नदी, त्यसभन्दा पूर्वका नेपालका भू-भाग हुन्। त्यस प्रतिवेदनमा लेखिएको रहेछ, जसमा मैले हस्ताक्षर गरेको छु,’ महाकाली सन्धिका बेला आफूले दिएको उक्त प्रतिवेदन कसैले खोजेर अहिले सार्वजनिक गरिदिएकोमा प्रधानमन्त्रीले धन्यवाद दिए।
‘महाकाली सन्धिको सन्दर्भमा पनि कसलाई मन परेन र के भन्यो भन्ने कुरा होइन,’ उनले भने, ‘लिखित प्रमाण कसैले खोजेर निकालेछ धन्यवाद। लिम्पियाधुरादेखिकै भू-भाग नेपालको हो भनेर मैले प्रतिवेदन बुझाएको रहेछु। हस्ताक्षर गरेको रहेछु।’
उनले इतिहासमा सत्य सावित हुने खालका कुरा मात्रै बहस हुनुपर्ने बताए। देशको परराष्ट्र, लगानी नीति हुने पनि प्रधानमन्त्रीको भनाइ छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७