काठमाडौँ – अवैधरुपमा चीनबाट नेपाल ल्याएको सुन बरामद गरी सम्बन्धित निकायमा नबुझाइ आपसमा बाँडफाँड गरी लिएको र कसुरदारलाई छोडेको आरोपमा प्रहरी निरीक्षक खेम प्रसाद नेपालविरुद्ध मुद्दा दायर भएको छ।
सीमा प्रहरी चौकी टिमुरेमा कार्यरत प्रहरी निरीक्षक खेम प्रसाद नेपालले २०७६ साल मङ्सिर २२ गते बरामद भएको सुन मिलेमतोमा बिक्री गरी बाँडफाँड गरेका थिए ।
केरुङ्ग नाकाबाट आफैंले गई गाडी नियन्त्रणमा लिई कार्यालयमा ल्याई चेकजाँच गरी फेला पारेको सुन आफ्नै मातहतका प्रहरी हवल्दार रामकाजी लामा र पुरुषोत्तम खत्रीमार्फत बिक्री गरी बाँडफाँड गरेका थिए।
सोहि प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार रामकाजी लामा, पुरुषोत्तम खत्री र रामशरण रिमाललाई पनि पदको दुरुपयोग गरि सुन बिक्रि गरि भागबन्डा गरेको आरोपमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७