काठमाडौँ – सरकारले जेठ ३२ पछि औपचारिक रुपमै लकडाउन खुकुलो गर्ने निर्णय गर्यो । लकडाउन खुकुलो भएसँगै कोरोना संक्रमितको संख्यामा पनि ह्वात्तै वृद्धि हुदै गयो । करिब तीन महिनाको लकडाउनको अवस्थाले व्यवसायीहरु देखि दैनिक ज्याला गरेर खाने श्रमिकहरु निकै ठूलो मारमा परे । सरकारले पनि उनीहरुकै दवाव र अवस्थाका कारण लकडाउन केहि खुकुलो गर्ने निर्णय गर्यो ।
महिनौ बितिसक्दा पनि कोरोना पनि कोरोनाविरुद्धको कुनै खोप वा औषधीको आविष्कार हुन सकेन । सुरुवाती दिनमा जति कोरोनाको त्रास मानिसमा देखिन्थ्यो त्यो हालको अवस्थामा निकै सामान्य बन्दै गइरहेको देख्न सकिन्छ । साँझ पर्न थालेपछि मानिसहरु निर्वादरुपमा किनमेल गर्न निस्किन थालेका छन् । हुन त अव कोरोनासँगै लिभिङ्ग टुगेदर गर्नु पर्छ भनेर एक मन्त्रीले भने । प्रधानमन्त्रीको आजभोलिका अर्ति उपदेशका आशय पनि यस्तै नै हुने गरेका छन् ।
अव्यवस्थित तरिकाले फुटपाथमा राखिएका पसलहरुले भिड बढाउने र बाटो हिड्न साघुरो बनाएको छ । फुटपाथ पसललाई पनि उचित व्यवस्थापन गर्न सके कोरोना रोक थाममा सहयोग पुग्छ । कोरोना महामारीबीचमा फुटपाथमा रहेका पसलहरुलाई पनि केहि व्यवस्थित गर्न जरुरी देखिन्छ ।
कोरोना लागि हाले पनि मनोबल उच्च राखेँ कोरोनालाई सजिलै पराजित गर्न सकिने उदाहरणहरु पछिल्लो समय निकै देख्न पाइयो । त्यो भन्दैमा कोरोना प्रतिको सतर्कता अपनाउन भने छोड्नु हुदैन । किनमेल गर्दा होस वा हिड्डुल गर्दा होस भौतिक दुरी कायम गर्न भने नछोडौँ । सतर्कता अपनाउ, कोरोना लागि हाले पनि मनोबल उच्च राखौँ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३