काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्र महिनाको एकदिनका लागि भेहिकल फ्रि डे घोषणा गर्ने तयारी गरेको छ ।
बिहीबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर विद्यासुन्दर शाक्यले वातावरण जोगाउनका लागि एकदिन निजी सवारी साधन चलाउन नपाउने कार्यक्रम ल्याउने बताए ।
उनका अनुसार महिनाको एकदिन निजी सवारी साधनको प्रयोगलाई न्यूनिकरण गरिनेछ ।
साथै कोरोनाको महामारीको असर लामो समयसम्म रहन सक्ने सम्भावनालाई मध्यनजर गर्दै साइकलको प्रयोग बढाउने, मुख्य सडक, बजार तथा चोकहरुमा फुटपाथ व्यवस्थित तथा चौडा पारिनेछ ।
भेहिकल फ्रि डेको दिन पैदलयात्रा, साइकललगायत सवारीलाई मात्रै प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३