काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड-१९) ले महामारीको रुप लिए आगामी भदौ पहिलो सातासम्म ३९ हजार संक्रमित हुनसक्ने आंकलन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ । साउन अन्तिम सातादेखि भदौको पहिलो साता कोरोना संक्रमिण उच्च विन्दुमा पुग्नसक्ने सरकारको विश्लेषण छ ।
त्यसबेला नेपालमा ३९ हजार संक्रमित हुनसक्ने विश्लेषण गरेर स्वास्थ्य सामाग्री र अस्पतालहरुको व्यवस्थापन गर्न लागिएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।
सचिव र विभागीय प्रमुखसहित शनिबार सञ्चारकर्मीहरु छलफल गरेका स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भने, विज्ञहरुको भनाइमा एकदमै खराब अवस्था आयो भने ३९ हजारसम्म पुग्नसक्छ भन्ने छ ।’
कोरोना संक्रमितको संख्यालाई १५ हजारभित्र समिति राख्न सकिन्छ भन्ने राणनीति अनुसार काम गरेको भए पनि त्यो बढ्ने देखिएको उनले सुनाए ।
अहिले कोरोना पहिचान भएका अधिकांश कोरोना संक्रमित क्वारेन्टिनमा छन् । तर पछिल्लो समय क्वारेन्टिन स्थलहरु नै कोरोना सार्ने अखडा बन्न थालेको र त्यहाँ भएकाहरुलाई आरडीटी गरेर घर पठाउँदा संक्रमण समुदायमा पुग्नसक्ने खतरा कायमै छ ।
साथै ट्राभल हिस्टी नभएकाहरुमा पनि संक्रमण देखिन थालेको छ । साथै कतिपयमा मृत्यु भइसकेपछि मात्र कोरोना संक्रमण पुष्टि भएका छन् । त्यसैले कोरोना संक्रमणले कस्तो रुप लिन्छ अनुमान गर्न गाह्रो भएको जनस्वास्थ्यविज्ञहरु बताउँछन् ।
तर सरकारले भने भदौ पहिलो सातासम्म ३० हजारसम्म सङ्क्रमित हुने आंकलन गरेर पूर्व तयारी थालेको छ । मन्त्रालयका सहसचिव डा. गुणराज लोहनीका अनुसार त्यति संक्रमित हुँदा चाहिनसक्ने सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटर लगभग तयार छ । उनकाअनुसार अहिले एक हजार भेन्टिलेटर र १८०० आईसीयू छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३