काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साका एक सामुदायिक विद्यालयका प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक सन्तोषप्रसाद गुप्ताविरुद्ध ६ लाख माग दाबीसहित आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
कोइरालाका अनुसार गुप्ताले जिल्ला शिक्षा कार्यालय पर्साबाट भवन र शौचालय निर्माणका लागि आफ्नो नाममा ५ लाख र विश्वनाथ साह कानुको नाममा एक लाख गरी कुल ६ लाख रकम झिकेर हिनामिना गरेको आरोप छ । गुप्ताले विद्यालयमा कुनै पनि काम नगरी उक्त रकम हिनामिना गरी फरार रहेको आयोगको आरोपपत्रमा उल्लेख छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७