ब्राजिल – विश्व महामारी कारोना भाइरस (कोभिड–१९) बाट ब्राजिलमा एकैदिन ४० हजार ६७३ जना संक्रमित भएका छन्। पछिल्लो समय अमेरिकापछि ब्राजिलमा महामारी तीव्र रुपमा फैलिरहेको हो।
यससँगै ब्राजिलमा संक्रमित हुनेको संख्या १२ लाख २८ हजार ११४ पुगेको छ। जसमध्ये ६ लाख ७० हजार ४१७ निको भएका छन्। साथै ५४ हजार ९७१ को मृत्यु भएको छ।
कोरोनाबाट सबभन्दा बढी आक्रान्त भएको अमेरिकामा गत २४ घण्टाभित्र ३७ हजार ६४० संक्रमित थपिएका छन्। यससँगै अमेरिकामा संक्रमित हुनेको संख्या २४ लाख ५२ हजार ४६० पुगेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा रहेको छ। संक्रमितमध्ये ६ लाख ६३ हजार ५६२ निको भएका छन् भने १ लाख २५ हजार ७९६ को मृत्यु भएको छ।
यसैगरी रुसमा हालसम्म ६ लाख १३ हजार १४८ संक्रमित भेटिएका छन्। जसमध्ये ३ लाख ७४ हजार ५५७ जना निको भएका छन्। त्यस्तै ८ हजार ५९४ को मृत्यु भएको छ।
यसैगरी भारतमा हालसम्म ४ लाख ७३ हजार १०५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये २ लाख ७१ हजार ६९७ जना निको भइसकेका छन् भने १४ हजार ८९४ ले ज्यान गुमाएका छन्।
विश्वका सबैजसो मुलुकमा फैलिसकेको कोरोनाबाट हालसम्म ९६ लाख १४ हजार ८४५ संक्रमित भइसकेका छन्। जसमध्ये ४८ लाख १२ हजार १२१ निको भइसकेका छन् भने ४ लाख ९० हजार १४१ ले ज्यान गुमाइसकेका छन्।
बढी संक्रमित भएका दस मुलुक
अमेरिका
संक्रमित: २४,५२,४६०
मृत्यु: १,२५,७९६
निको: ६,६३,५६२
ब्राजिल
संक्रमित: १२,२८,११४
मृत्यु: ५४,९७१
निको:६,७०,४१७
रुस
संक्रमित: ६,१३,१४८
मृत्यु: ८,५९४
निको: ३,७४,५५७
भारत
संक्रमित: ४,७३,१०५
मृत्यु: १४,८९४
निको: २,७१,६९७
बेलायत
संक्रमित: ३,०९,४५५
मृत्यु: ४३,३१४
निको: १,३६१
पेरु
संक्रमित: २,६८,६०२
मृत्यु: ८,७६१
निको: १,५१,२२५
चिली
संक्रमित: २,५९,०६४
मृत्यु: ४,९०३
निको: २,१९,३२७
स्पेन
संक्रमित: २,४७,४८६
मृत्यु: २८,३३०
निको: १,५०,३७६
इटाली
संक्रमित: २,३९,७०६
मृत्यु: ३४,६७८
निको: १,८६,७२५
इरान
संक्रमित: २,१५,०९६
मृत्यु: १०,१३०
निको: १,७५,१०३
(स्रोत जोन्स हप्किन्स विश्वविद्यालय)
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३