काठमाडौं – विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड नाघेको छ । अहिलेसम्म एक करोड ७३ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको वल्डोमिटरले जनाएको छ । यस्तै ज्यान गुमाउनेको सङ्ख्या ५ लाख नाघेको छ ।
अहिलेसम्म ५ लाख ६ सयभन्दा बढीको ज्यान गएको हो । एक करोडभन्दा बढी सङ्क्रमितमध्ये ५४ लाख ५१ हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।
अमेरिकामा २५ लाख ९५ हजारभन्दा बढी सङ्क्रमितमध्ये एक लाख २८ हजारभन्दा बढीको ज्यान गएको छ । अमेरिकामा १ लाख ७७ हजारभन्दा बढी निको भएका छन् ।
ब्राजिलमा १३ लाख १५ हजारभन्दा बढी सङ्क्रमितमध्ये ५७ हजारभन्दा बढीको ज्यान गएको छ । ६ लाख २७ हजारभन्दा बढी सङ्क्रमित रहेको रुसमा ८ हजारभन्दा धेरैको ज्यान गएको छ ।
चौथो स्थानमा रहेको भारतमा ५ लाख २९ हजारभन्दा बढी सङ्क्रमितमा १६ हजारभन्दा बढीको ज्यान गएको छ । भारतमा ३ लाख १० हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७