काठमाडाैं – सरकारले संचालन गरिरहेको विदेशबाट फर्किएका नेपालीहरुलाई राखिने होल्डिङ्ग सेन्टरहरुमा राष्ट्रिय वाणिज्य बैंकले खानेपानी वितरण गरेको छ ।
कोरोना महामारीको अवस्थामा देश बाहिर रहेका विभिन्न नागरिकहरुलाई उद्दार गर्ने क्रममा सरकारले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा अवतरण गरिसके पछि विभिन्न होल्डिङ्ग सेन्टरहरुमा राखेपछि मात्र घर पठाउने गरेको छ ।
उक्त होल्डिङ्ग सेन्टरहरुको व्यवस्थापन नेपाली सेनाले गरिरहेको छ। खानेपानी, खाध्य सामग्री लगायतको व्यवस्था भने नेपाल रेडक्रसको अगुवाइमा भैरहेको छ। बैंकको बागमती प्रदेश कार्यालय मार्फत तीन वटा होल्डिङ्ग सेन्टरहरुमा सात दिनको लागि खानेपानी व्यवस्था गर्ने जिम्मा लिएको बैंककी बाग्मती प्रदेश प्रमुख सोनी श्रेष्ठले जानकारी दिइन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७