कृष्णा यादब, बीरगंज – सरकारले ल्याएको नागरिकता विद्येयकको विरुद्धमा वीरगञ्जमा नागरिक समाजले धर्ना दिएर बिरोध प्रदर्शन गरेको छ ।
सरकारले केही दिन पहिला ल्याएको नागरिकता विधेयकको बिरुद्धमा सोमवार बीरगंजको घण्टाघरमा बसेर धर्ना दिई नागरिक समाजले बिरोध जनाएका हुन ।
सोमवार नागरिक समाजले धर्ना दिदै सरकारद्वारा जारी नागरिक समाजको सोमवार दिउसो धर्ना कार्यक्रम पश्चात कोण साभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै नागरिक समाजका वक्ताहरुले नागरिकता विद्येययक खारेजको माग गरेका थिए । धर्नामा सहभागि वक्ताहरुले कम्युनिष्ट सरकारले विभेदकारी नागरिकता विद्येययक जारी गरेर मधेशमा अशान्ती मच्चाउन खोजेको आरोप लगाउदै सरकारले ल्याएको विधेयक फिर्ता गर्नु पर्ने माग समेत गरेका छन् ।
धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा क्षेत्र न १ का सांसद् प्रदीप यादवले सरकारले ल्याएको नागरिकता विधेयक मधेस विरोधी विद्येयक भएको बताएका छन् । सरकारले यो विधेयक पारीत गरेर सदियौ देखी रोटी बेटीको सम्बन्ध, संस्कृतीको सम्बन्ध भाषाको सम्बन्ध बिर्गान खोजेको आरोप लगाउदै मधेशी समुदामाथि अन्याय गरेकाले उक्त विद्येयक फिर्ता गर्न सरकार संग माग समेत गरे ।
उक्त धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काग्रेसका जिल्ला सभापती अजय कुमार द्धिवेदीले विद्येययक फिर्ता नलिए भन्दा कडा आन्दोलन गर्ने आन्दोलन गर्ने चेतावनी दिएका छन् । द्धिवेदीले यो आन्दोलन मधेर र मधेशमा बस्नेहरुको मात्र नभई बिदेशीहरुसंग बिवाह गर्ने सम्पुर्ण नेपालीहरुको आन्दोलन भएको बताए । उनले नेपालमा राजामाहाराजा देखी प्रजाहरुले समेत बिदेशी महिलाहरुलाई बुहारी बनाउने गरेको कारण यो विधेयक सरकारले फिर्ता लिनुपर्ने बताउदै फिर्ता नलिएको खण्डमा कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी समेत दिए । उक्त धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै मारवाडी समाजका नरेन्द्र साह, तेली समाजका पर्सा अध्यक्ष ध्रुव साह, बरिष्ट अधिवक्ता सुधिर कर्ण ब्राहमण समाजका हरी नारायण मिश्रा, शशी कपुर मिया, निजामुदिन समानी , बरई समाज, कलवार समाज, मुस्लिम समाज लयगायतका समाजहरुले एकबद्धता जनाएका थिए । कम्युनिष्ट सरकारले राष्ट्रवादको नाममा विभेदकारी नागरिकता विद्येयक जारी गरी सदियौँ देखीको भारत र नेपाल बिचको सम्बन्ध बिगार्न खोजेको धर्नामा सहभागिहरुले आरोप लगाएका छन् ।
धर्ना कार्यक्रममा संघिय सांसद् यादवसहित नेपाली कांग्रेसका प्रदेश सांसद राजेशवर प्रसाद साह, ओमप्रकाश शर्मा, जिल्ला सचिव श्याम पटेल, नेता अनिल रुङ्गटा, जनता समाजवादी पार्टीका नेता रामनरेश यादब, नेजामुदिन सम्मानी, सुमेश्वर उपाध्याय, सुन्दर कुर्मी, शैलेन्द्र उपाध्याय, तबरेज अहमद, ओमप्रकाश सरार्फ, नागरिक समाजका प्राध्यापक डा दिपक , महिला आधिकार्कर्मी प्रा डा सुष्मा तिवारी द्विवेदी लगायतको सहभागिता रहेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७