कृष्णा यादब, बारा – बारा जिल्लामा चट्यांग लागेर ४ जना महिलाको मृत्यु भएको छ भने ७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बिहिबार बिहान जिल्लाको फेटा गाँउपालिका वडा नम्बर १ र कलैया उपमहानगरपालिका वडा नम्बर १२ सितलपुरमा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।
मृत्यु हुनेमा बारा जिल्लाको सितलपुरका खेतमा रोपाई गरीरहेकी ३५ बर्षिय आसादेवी महतो, ४५ बर्षिय हलिमा खातुन रहेकी छिन भने फेटामा घरमा चटाङ लग्दा एकै घरका ३० बर्षिय ईन्दु देवी महतो, ४० बर्षिय सुनारपति देवी महतोको घटान स्थलमा नै मृत्यु भएको प्रवता मिश्रले बताए ।
बारा जिल्लामा चटाङ लागेर फेटामा ७ जना घाईते भएका छन् घाईतेहरुलाई अस्पताल लगिएको र मृतकहरुलाई पोष्टमार्टमका लागि कलैया अस्पतालमा ल्याउने त्यारी भईरहेको प्रवक्ता मिश्रले जानकारी दिनुभयो । चटाङका कारण बारामा प्रत्येक वर्ष मृत्यु हुने गरेका छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७