काठमाडौं – दाङमा एक युवतीले फेसबुक लाइभ गरेर आत्महत्या गरेकी छन्। बिहीबार बिहान तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाकी २२ वर्षीया एलिसा गौतमले फेसबुकमा लाइभ गरेर आत्महत्या गरेकी हुन्।
युवतीले आत्महत्या गर्न लागेको सूचना पाएपछि तुलसीपुरबाट प्रहरी रातको १ बजे रानीजरुवा हिडेको थियो। घर पत्ता लगाउन नसकेको कारण बिहान ३:३० बजे प्रहरी युवतीको घर पुग्याे। प्रहरी पुग्दा युवती घरको कोठाको सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार युवतीले आत्महत्या गर्नुको कारण नखुलेको र अनुसन्धान जारी रहेको जनाएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७