सिरहा – लकडाउन अवधी भरीमा प्रदेश २ का आठ वटा जिल्लामा ट्राफिक नियम उल्लंघनका घटनामा बृद्धी भएको पाइएको छ ।
प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथ्लैया बाराले लकडाउन अवधीमा मात्रै ठुला र साना गरी २५ हजार सवारीका साधनहरुलाई कार्वाही गरिएको जनाएको छ ।
प्रदेश २ को आठ वटा जिल्लामा ट्राफिक नियम उल्लंघनको घटनामा बृद्धी भएको ट्राफिक प्रहरी उपरीक्षक श्याम कुमार महतोले बताए ।
लकडाउन सुरु भएको ०७६ चैत्र ११ गते देखी ०७७ असार १६ गते सम्ममा मात्रै साना र ठुला गरी २५ हजार ९५ वटा सवारीका साधनहरुलाई गरिएको कार्वाहीबाट १ करोड ६५ लाख ५० हजार ५ सय रुपैया राजश्व संकलन भएको ट्राफिक प्रहरी उपरीक्षक महतोले बताए ।
यसै गरी चालु आर्थीक वर्षको ०७६/०७७ मा असार १६ गते सम्मको तथ्यांक हेर्दा १ लाख ८० हजार १ सय ४३ वटा साना र ठुला सवारीका साधनहरुलाई गरिएको कारवाहीबाट ११ करोड ४२ लाख १८ हजार ५ सय रुपैया राजश्व संकलन भएको ट्राफिक प्रहरी उपरीक्षक महतोले जानकारी दिए ।
चालु आर्थीक वर्षको ०७६/०७७ मा असार १६ गते सम्मको तथ्यांक हेर्दा साना र ठुला गरी १ हजार १ सय ७२ वटा सवारीहरु दुर्घटनामा परेका छन भने ४ सय ५ जनाले उक्त दुर्घटनामा परी ज्यान गुमाएका छन् ।
लकडाउन अवधीको तिन महिनामा मात्रै दुई पांग्रे र चार पांग्रे गरी ३ सय ९६ वटा सवारीका साधनहरु दुर्घटनामा परेका छन भने ६६ जनाले ज्यान गुमाएका छन तथा २ सय ३८ जना गम्भीर घाइते भएको र २ सय ५९ जना समान्य घाईते भएका छन ।
ट्राफिक गतिविधि अन्तर्गत प्रदेश २ ट्राफिक प्रहरी कार्यालय मातहत रहेका ८ वटै जिल्ला ट्राफिक प्रहरी कार्यालयले लकडाउनको अवधीमा कोरोना भाइरस रोकथामका लागी अपनाउनु पर्ने सावधानी बारे ९ हजार ६४ जना सर्वसाधारणलाई जानकारी गराइएको ट्राफीक प्रहरी उपरीक्षक महतोले जानकारी दिए ।
लकडाउनको प्रभावकारी कार्यान्वयनमा अधिकतम ट्राफीक प्रहरी परिचालन गर्न ७४ वटा चेकपोष्टमा ३ सय ८० जना जनशक्ति खटिरहेको पनि उनले जानकारी दिए।
देशका विभिन्न ठाउहरुबाट आएका श्रमिक तथा यात्रुहरुलाई स्थानीय निकाय तथा प्रहरी ईकाईलार्ई सम्पर्क गरी ५ सय ९१ वटा गाडीको २१ हजार २ सय २५ जना मध्ये १४ हजार ४९ जना भारतीय नागरिक तथा ७ हजार १ सय ७६ जना नेपाली नागरिकलाई क्वारेन्टाईन राख्न आवश्यक समन्वय गरिएको छ।
कोरोना कहरले लकडाउनको कारण रोकिएको ट्राफीक जनचेतना मुलक कार्यक्रमहरु पनि पुन विस्तारै संचालन गरिने तयारि रहेको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३