कृष्णा यादव, वीरगंज – जिल्ला प्रहरी कार्यालय पर्साले जिल्लाको विभिन्न ठाँउ बाट चोरी भएको मोबाईलहरु फेला पारि मोबाईल धनिहरुलाई बुझाएको छ ।
पर्सा जिल्लाको विभिन्न ठाऊबाट चोरी भएको र हराएको मोबाईलहरुको निबेदन परेपछि जिल्ला प्रहरी कार्यालय पर्साको क्राईम ब्रान्चका प्रहरी निरीक्षक रबिभुषन यादवको सक्रियतामा थप अनुसन्धान गरि विभिन्न ठाऊबाट फरक ब्रान्डको १८ थान मोबाईल फेलापारी मोबाईल धनिहरुलाई बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले बताइन् ।
पर्सा प्रहरीले यस्ता चोरीको घटनाहरुको निवेदनहरुको हकमा अनुसन्धान तथा खोज तलास कार्य जारी रहेको र फेला परेमा सम्बन्धीत धनिलाई फोन मार्फत जानकारी गराईने जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गांगा पन्तले जानकारी दिइन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७