काठमाडौँ – राजिनामाको दबाबले अत्तालिएका प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रधानसेनापति पूर्ण चन्द्र थापालाई भेट गरेका छन् ।
उनीहरुको भेटको उद्धेश्यबारे जानकारी नभएपनि सरकारलाई लम्ब्याउनका लागि संकटकाल लगाउने मनस्थितिमा पुगेका ओलीले त्यसबारेमा प्रधानसेनापतिको राय लिनका लागि भेटघाट गरेको अनुमान लगाइएको छ ।
पार्टी विभाजनको संघारमा पुगेको सत्ताधारी नेकपाका दुई अध्यक्षको निर्णायक भनिएको वार्ता सकिएपछि प्रधानमन्त्री ओलीले शीतल निवास र बालुवाटार दौडधुप गरिरहेका छन् ।
बालुवाटारमा पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आ–आफ्नो पक्षका साक्षी नेतासहित छलफल गरेका छन्।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७