तनहुँ – व्यास नगरपालिकाको आइसोलेशनमा रहेका ३२ जना कोरोना संक्रमितहरु निको भएर आइतबार साँझ घर फर्केका छन् ।
कोरोना जितेर घर फर्कनेहरुमा व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको आइसोलेशनमा बस्दै आएका ऋषिङ गाउँपालिकाका बासिन्दाहरु १८, व्यास नगरपालिकाका ५, म्याग्दे गाउँपालिकाका ६ र भानु नगरपालिकाका ३ जना रहेका छन् । उनीहरु सबैजना दुई हप्तादेखि क्याम्पसको आइसोलेसनमा उपचाररत थिए । पछिल्लो पटकको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।
योसँगै तनहुँमा कोरोनालाई जितेर घर फर्किनेको संख्या ६७ जना पुगेको छ ।
उनीहरु सबै भारतबाट फर्किएका व्यक्ति हुन् । भारतबाट फर्किएर पालिकाले बनाएका क्वारेन्टिनमा बसेकाहरुको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसैबीच, क्याम्पसको आइसोलेसनमा रहेका अन्य ६ जनाको दोश्रो रिपोर्ट पोजेटिभ आएकोले उनीहरुको पुनः पीसीआर गरिने सोतीले जानकारी दिए ।
जिल्लामा असार २१ गते सम्ममा १ सय ४० जना कोरोना संक्रमित पुगेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३