काठमाडौँ – सोमबार सुनको मूल्य प्रतितोला थप ३०० रुपैयाँले घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ। पछिल्लो दुई दिन बिहीबार र शुक्रबार लगातार घटेको सुनचाँदीको भाउ आइतबार भने स्थिर भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९० हजार २०० रुपैयाँ, तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ७६० रुपैयाँ, र चाँदीको मूल्य प्रतितोला ९४० रुपैयाँ तोकेको छ।
आइतबार छापावाल सुन प्रतितोला ९० हजार ५०० रुपैयाँ, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ६५ रुपैयाँ, र चाँदीको मूल्य प्रतितोला ९४० रुपैयाँमा कारोबार भएको थियो।
नेपाली बजारमा नै सुनचाँदीको मूल्य असार १७ गते सबैभन्दा उच्च मूल्यमा कारोबार भएको थियो। सो दिन छापावाल सुन ९१ हजार ७०० रुपैयाँ, तेजावी सुन ९१ हजार २६५ रुपैयाँ पुगेको थियो भने चाँदी प्रतिातोला ९६० रुपैयाँमा कारोबार भएको थियो। त्यससता भने भाउ घट्न थालेको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७