ब्राजिलका राष्ट्रपति जैर बोल्सनारो कोरोना भाइरसको शिकार भएका छन्। जैयर बोलसनोरोल ब्राजिलियन टिभी अन्तर्वार्ताका क्रममा उनले आफूलाई कोरोना पोजेटिभ भएको पुष्टि गरेका हुन । ब्राजिलको राजधानी ब्राजिलियामा पत्रकारहरूसँग कुराकानी गर्दा उनले मास्क लगाएका थिए ।
उनले म ठीक छु, म सामान्य छु । म हिड्नसम्म जान चाहान्छु, तर मेडिकल सल्लाहका कारण जान सक्दिन । ब्राजिलका राष्ट्रपतिले मंगलबार आफ्नो चौथो परीक्षामा पोजेटिभ देखिएको थियो ।
बोलसनोरोले भने कि म ठीक छु, म सामान्य छु। म हिड्न जान चाहान्छु, तर मेडिकल सल्लाहका कारण जान सक्दिन। यस अघि उनले भन्नुभएको थियो कि उसको परिक्षण सकियो र उनको फोक्सो एक्सरेमा ठिक पाइएको छ । उनी मार्चमा फ्लोरिडामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेपछि उनी ३ पटकको जाँचमा कोरोना नेगेटिभ पाइएको थियो ।
ब्राजिलमा अमेरिकापछि कोरोनाले सबैभन्दा बढी प्रभावित छ । यहाँ १६ लाख ७४ हजार ६ सय ५५ जना संक्रमित देखिएका छन भने ६६ हजार ८ सय ६८ जनाको मृत्यु भइसकेको छ ।
राष्ट्रपति ज्यायर बोलसनोरोले संक्रमण रोक्नको लागि गरिएको लकडाउनको विरोध गरेका थिए । उनले आर्थिक संकट र देशको अर्थतन्त्रका बारे बढी चिन्तित थिए । सामाजिक दूरी पनि पालना गरेका थिएनन । एजेन्सी
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३