काठमाडौँ – विश्व एन्टी डोपिङ संघ (वाडा)को एन्टी डोपिङलाई नयाँ निति अनुसार लागु गर्न तथा सो बारे हुने समस्याका बारेमा जानकारी दिन नेपाल ओलम्पिक कमिटी (एनओसी)ले एक छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
एनओसीमा आवद्ध खेल संस्थाका महासचिबहरु संग भएको भर्चुअल सम्वादमा प्रतिनिधी सभाका सांसद तथा एनओसीका अध्यक्ष जिवनराम श्रेष्ठले एन्टी डोपिङको महत्व बारे प्रकाश पार्दै खेलाडीले गलत औषधीको प्रयोग बारे सचेत हुनुपर्ने बताए । उनले अन्तर्राष्ट्रिय नियम अनुसार संघहरुले आ–आफ्नो एन्टी डोपिङ बनाउन आग्रह समेत गरे ।
सो अवसरमा सहभागीहरुलाई स्वागत गर्दै एनओसीका महासचिब निलेन्द्रराज श्रेष्ठले खेल संघहरुलाई एन्टी डोपिङ बारे सहयोग आवश्यक परे एनओसीले सहयोग गर्ने बताए । उनले नेपालमा हाल सम्म एन्टी डोपिङको सबै कुरा हरु एनओसीले हेर्दै आएको भएपनि वाडाको नयाँ निति अनुसार सबै खेल संघहरुले आ–आफ्नो निति बनाउनुपर्ने उल्लेख गरे । उनले भने–“अव संघहरुले एन्टी डोपिङ नियम नवनाउने हो भने उनीहरु अन्तर्राष्ट्रिय सहभागितामा वर्जित हुनेछन ।”
विश्व एन्टी डोपिङ निति अनुसार जुन जुन मुलकमा राष्ट्रिय एन्टी डोपिङ संघ (नाडो) गठन भएको छैन त्यो मुलुकमा एनओसी आफैले नाडोको भुमिका खेल्ने महासचिब श्रेष्ठले बताए । तसर्थ एनओसीमा आवद्ध खेल संघहरुले उक्त निति अनुसार आ–आफ्नो एन्टी डोपिङ नियम बनाउनु पर्ने उल्लेख गरे । उनले भने–“सबै देशमा नाडो छैन, एनओसी, मेडिकल कमिशन तथा हाम्रा कर्मचारीले खेल संघहरुलाई सहयोग गर्नेछन ।” नेपालले पनि नाडोको गठन गर्नुपर्ने भएपनि यो निकै महङ्गो र खर्च ठुलो हुने भएकोले एनओसीले यसमा सहयोग गरेको बताए ।
एनओसीमा आवद्ध २७ विभिन्न खेल संघहरुको सहभागिता रहेको उक्त छलफलमा मेडिकल कमिशनका अध्यक्ष डा. सरोज कृष्ण श्रेष्ठले सन २०२१ सम्म विश्व एन्टी डोपिङको दफा १८ अनुसार सबै संघहरु प्रवेश गरिसक्नुपर्ने भएकोले संघहरुले अगष्ट १५, २०२० सम्म आफ्नो प्रतिवेदन राष्ट्रिय एन्टी डोपिङ संघ (नाडो) मा वुझाउन आग्रह गरे ।
छलफलमा डा. नविशमान सिंह प्रधान र राष्ट्रिय खेलकुद परिषद (राखेप)का प्रतिनिधीका रुपमा अर्जुन विकले सहभागिता जनाएका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७