सिन्धुपाल्चोक – भोटेकोशी नदीको बाढीले १५ घर बगाएको छ भने १९ भन्दा बढी सम्पर्क बाहिर छन् । बाह्रबिसे नगरपालिकाको जम्बु भन्ने ठाउँमा बाढीले घर बगाएकाे हाे । साे स्थानमा केही मान्छे वेपत्ता समेत भएका छन् ।
स्थानीय अनन्तप्रकाश श्रेष्ठका अनुसार बाह्रबिसेको गाती बजार बगाएको छ। टेलिफोन सम्पर्कमा उनले भने, गातीका १४ घरका १९ जना हराइरहेको र दुई जनाको शव फेला परेको छ । बाढीमा हराइरहेकाहरुको खोजी कार्य भैरहेको उनले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय बाह्बिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले प्रहरी, नेपाली सेना र स्थानीयले बेपत्ता भएकाहरुको खोजी कार्य गरिरहेको जानकारी दिए । उनका अनुसार सो नगरपालिकाको जम्बुमा रहेको एल्मो ठाडो खोलामा राती ११:३० बजेबाट बाढी आउदाँ उक्त क्षति भएको हो ।
बाढीले बगाएका २० बर्षीय निकेश बस्नेत र उनको तीन बर्षीयाा छोरीको शव निकालिएको छ । अरु बेपत्ताको तीव्र खोजी भईरहेको छ । बिस्तृत बिबरण आउन बाँकी रहेको निरीक्षक न्यौपानेले बताए ।
प्रहरीका अनुसार रातभर परेको बर्षाले तातोपानी स्थित चाकु बजार नजिकै रहेको झ्यालेखोला सडक बगाएको छ । बाह्बिसे नगरको जलेटार आर्मी ब्यारेकमूनिको सडक पनि बाढीले बगाएको छ । लामोसाँघुमा भखरै लगाएको प्लम्ब ढलान पनि बगाएको छ । जुरे पहिरोमा सडक बगाउदाँ सडक सम्बन्ध टुटेको छ ।
अहिले सभामुख अग्नीप्रसाद सापकोटासहितको टोली हेलिकोप्टरवाट सिन्धुपाल्चोक जाने तयारी रहेको सभामुख प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३