काठमाडौं – नेपाल आयल निगमले एक महिनामा दोस्रो पटक पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको छ । शुक्रबार पुन: पेट्रोल,डिजल र मट्टितेलको मूल्य एकरएक रुपैयाँ बढाएको छ।
शुक्रबार राती १२ बजेदेखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ। सरकारले असार १६ गते मात्रै पेट्रोलमा लिटरमै पाँच रुपैयाँ र डिजल तथा मट्टितेलमा लिटरमा दुई रुपैयाँ मूल्य बढाएको थियो।
इन्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्य अनुसार निगमले मूल्य बढाएको हो। नयाँ मूल्य अनुसार काठमाडौंमा पेट्रोल लिटरको १ सय २ रुपैयाँ र डिजल तथा मट्टितेल ८८ रुपैयाँ लिटर पर्नेछ।
आइओसीले जुलाईमा पठाएको मूल्य अनुसार पेट्रोल लिटरको ३ रुपैयाँ ७५ पैसा रहेको निगमले बताएको छ । डिजल लिटरमा ३ रुपैयाँ ८२ पैसा, मट्टितेलमा १४ रुपैयाँ २५ पैसा,हवाई इन्धनमा ३ रुपैयाँ ३ पैसा र एलपि ग्यासमा ६ रुपैयाँ ७७ पैसा प्रति सिलिन्डर वृद्धि भएको थियो।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७