झापा – बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले रु तीन करोड ४५ लाख ब्याज मिनाह गरेको छ ।
संस्थाले बन्दाबन्दीको अवधि २०७६ चैतदेखि २०७७ साउन सम्मको चार महिनाको अवधिको ऋणको ब्याजमा १० प्रतिशत अर्थात् रु तीन करोड ४५ लाख मिनाह गरेको संस्थाका सचिव महेन्द्रकुमार गिरीले जानकारी दिए ।
‘यो अवधिमा ऋण कुनैमा पनि हर्जना, जरिवाना लिएका छैनौँ’, उनले भने, ‘ऋणको किस्तासमेत स्वेच्छिक तिर्न सक्ने व्यवस्था गरिएको छ ।’
संस्थाले बन्दाबन्दीको अवधिमा सदस्य तथा समुदायलाई थोरै भए पनि मद्दत पुगोस् भनेर स्वास्थ्य चेतना, खाद्यान्न सामग्री राहत, विपत् सापटी र आत्मनिर्भरताका लागि कृषि प्याकेज उपलब्ध गराएको जनाइएको छ । रासस
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३