काठमाडौँ – आइबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायीले आइतबार सुनको भाउ प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम गरेको छ।
अघिल्लो दिन शुक्रबार छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा खरिद बिक्री भएको थियो। पछिल्लो दुई दिन तोलामा ६०० रुपैयाँले घटेको सुनको भाउ आइतबार फेरी बढेको हो।
यस दिन तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासँघले जनाएको छ।
त्यसैगरी आइतबार चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर एक जार ५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन शुक्रबार चाँदी प्रतितोला ९९५ रुपैयाँमा खरिद बिक्री भएको थियो।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७