ललितपुर – ललितपुर चेम्बर अफ कमर्सले राष्टä बैँकले केही दिन अघि ल्याएको मौद्रिक नीतिमा आफ्नो प्रतिक्रिया जनाएको छ ।
मौद्रिक नीतिले कृषि, पर्यटन र उर्जालाई विशेष प्राथमिकता दिएको र कर्जाको पुनः संरचना, पुर्न तालिकिकरण, पुर्नकर्जा तथा सीसीडी अनुपातमा वृद्धि गरेर निजी क्षेत्रको मागहरु सम्बोधन गरेकोमा ललितपुर चेम्बरले सन्तोष प्रकट गरेको छ ।
मौद्रिक नीतिले उद्योग र व्यवसायीहरुमा राहतको महसुस भएको र नीतिमा गरिएको व्यवस्था तत्काल लागु गरी द्रुत र पारदर्शी विधि मार्फत कार्यान्वयनको जरुरी देखिएको पनि ललितपुर चेम्बरले जनाएको छ ।
ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्प रत्न शाक्यले विज्ञप्ति जारी गर्दै बैँकको ऋण र साँवा तिर्न निकै कठिन भइरहेको स्थितिमा मौद्रिक नीतिले कम प्रभावितलाई पौष मसान्तसम्म, मध्यम प्रभावितलाई चैत्र मसान्तसम्म र अति प्रभावित क्षेत्रलाई २०७८ असार मसान्तसम्म साँवा र व्याज तिरे व्यवस्था गरेपनि कम, मध्यम र अति प्रभावित क्षेत्रको व्याख्या नगरेको गुनासो गरेका छन् ।
तरलता कम भएको यस्तो परिस्थितीमा आवास कर्जाको सुविधा र शेयर धितोको सिमालाई कम्तिमा ७५ प्रतिशत पुर्याउनु पर्ने पनि ललितपुर चेम्बरको प्रतिक्रिया रहेको छ ।
बैँक तथा वित्तिय संस्थाहरुको सेवा शुल्कमा गरेको नयाँ सिमा निर्धारणको स्वागत गर्दै ललितपुरले चेम्बरले बजेट भन्दा मौद्रिक नीतिले राहतको महसुस गराएको पनि प्रतिक्रिया दिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३