काठमाडौं – पछिल्लो २४ घण्टामा थप २१० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ६ हजार ३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ । उनीहरुमध्ये ४९ जनाको मृत्यु भएको छ भने १४ हजार २१ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा देशभरका आइसोलेसन सेन्टरबाट १४६ जना डिस्चार्ज भएका थिए ।
कहाँ कति थपिए संक्रमित ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै डोटीमा डोटी ५२ जना संक्रमित थपिएका छन् । यस्तै पर्साका ३४, स्याङजाका २६,
काठमाडौं र महोत्तरी १४/१४ जना, धनुषाका १२, मोरङ, कैलाली र कञ्चनपुर ८/८ जना तथा बाग्लुङ र धादिङका ७/७ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै सप्तरी, कपिलवस्तु, नवलपुर, म्याग्दी र बैतडीका २/२ जना तथा सुनसरी, भक्तपुर, सर्लाही रौतहट, तनहुँ र सुर्खेतका एकएक जनामा पनि संक्रमण पुष्टि भएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३