काठमाडौँ – बिहीबार सुनको मूल्य झन्डै एक लाख पुगेको छ। आज तोलाकै ९९ हजार पुगेर सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ।
बुधबार प्रतितोला ९८ हजार ५ सयमा कारोबार भएको सुन आज ५ सयले बढेर ऐतिहासिक रेकर्ड कायम गरेको हो। यसअघि सुनको उच्च मूल्य बुधबार थियो।
आज चाँदीको मूल्य १२ सय २५ रुपैयाँमा स्थिर छ। पछिल्लो सातादेखि चाँदीको मूल्य पनि बढिरहेको थियो।
बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ६१ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अघिल्लो दिन अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ५१ अमेरिकी डलरमा कारोबार भएको थियो।
कोरोना महामारी (कोभिड-१९)का कारण सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढेकोले त्यसको प्रत्यक्ष असर नेपालमा समेत परेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७