काठमाडौँ – पर्साको वीरगञ्जमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
नारायणी अस्पतालका डाक्टर निरज सिंहका अनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का ३५ वर्षीय पुरुष निमोनियाको समस्या लिएर अस्पताल भर्ना भएको उनले । साउन १३ गते गण्डक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका उनको बिहीबार राति ७:४० बजे मृत्यु भएको डा.सिंहले जानकारी दिएका छन् ।
त्यसै गरि मृत्यु भएका ५६ वर्षका भारतीय पुरूष मुटुसम्बन्धी समस्या लिएर असार ७ गते अस्पताल भर्ना भएको डा.सिंहले जानकारी दिए । बिहीबार दिउँसो उनको शरीरमा अक्सिजनको मात्रा कम भएपछि भेन्टिलेटरमा राखिएको थियो । दिउँसो भेन्टिलेटरमा राखिएका उनको गएराति ११ बजे मृत्यु भएको डा.सिंहले जानकारी दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३