काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद मिलाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज पनि वार्ता सुरू भएको छ ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच सवा ९ बजेबाट सुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। साउन १३ को स्थायी कमिटी बैठक ओलीले एकपक्षीय रूपमा स्थगित गरेपछि संवादहिन अवस्थामा पुगेका ओली र दाहालबीच आइतबार पनि तीन घण्टा वार्ता भएको थियो तर उक्त वार्ता पनि निष्कर्षविहिन भएपछि ओली-दाहाल आज पनि वार्तामा जुटेका हुन् । आजको वार्तामा वरिष्ठ नेता झलनाथ खनाल र नेता सुवास नेम्वाङ पनि सहभागी भएका छन्।
एक व्यक्ति एक पदको एजेण्डा चर्काउँदै प्रचण्ड-माधव समूहले ओलीलाई सकेसम्म दुबै पद नत्र कम्तिमा एक पदबाट राजीनामा गर्न दबाब दिएपछि स्थायी कमिटी बैठक अघि बढ्न सकेको छैन।
यद्यपि ओलीको राजीनामाको विषय प्रचण्ड-माधव समूहले सरकार र पार्टी सञ्चालनको समीक्षा भन्ने एजेण्डामा माग्ने तयारी गरेका थिए । तर, त्यसअघि नै ओलीले शीर्ष नेतालाई भारतको एजेन्टको अर्थ लाग्ने गरीको आरोप लगाएपछि प्रचण्ड-माधव समूहका नेताहरू ओलीसँग रिसाएका थिए र बैठक नै भाँडिएको थियो । अब आज को वार्ता क हुन्छ यो भने हेन बाकी छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३