एजेन्सी – लेबनानको राजधानी बेरुतमा मंगलबार विस्फोट हुँदा कम्तिमा ७० जनाको ज्यान गएको छ । चार हजार भन्दा बढी घाइते भएका त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
भारी विस्फोटक सामाग्री भएको गोदाममा विस्फोट भएको हो । राष्ट्रपति माइकल इयोनले २७ सय ५० टन विस्फोटक पदार्थ असुरक्षित तरिकाले राखिएको भन्दै निन्दा व्यक्त गरेका छन् । उनले विस्फोट कसरी भयो भन्ने बारेमा अनुसन्धान थाल्न पनि निर्देशन दिइसकेका छन् । लेबनानका प्रधानमन्त्री हसन दिआबले आज राष्ट्रिय शोकको घोषणा गरे ।
त्यस ठाउँमा २०१४ देखि नै विस्फोटक नाइट्रेटको स्टोर गरिदै आएको जनाइएको छ । विस्फोटपछि वरपरका भवनहरु ध्वस्त भएका छन् । विस्फोटनको आवाज २४० किलोमिटर पर साइप्रससम्म सुनिएको बताइएको छ । विस्फोट समुन्द्री तटीय क्षेत्रमा भएको छ । सामाजिक सञ्जालमा देखिएका भिडियोको दृश्य निकै डरलाग्दो देखिन्छ ।
यो विस्फोट २००५ मा लेबनानका पूर्व प्रधानमन्त्री अफिक हरिरिको हत्याबारे अदालती सुनुवाइ हुनुभन्दा केही समय पहिले मात्रै भएको हो । मंगलबार आरोपीमाथि अदालतको सुनुवाइ हुदै थियो ।
तर, अहिलेसम्म विस्फोटको कारण पत्ता लागेको छैन । कसैले यसलाई एउटा दुर्घटनाको रुपमा लिएका छन् भने कसैले नियोजित घटना बताएका छन् । लेबनानको राष्ट्रिय समाचार एजेन्सीलेले तटीय क्षेत्रमा रहेको विस्फोटक केन्द्रमा आगो लागेका कारण विस्फोट भएको जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३