काठमाडौं – बुधबार उपत्यकामा संक्रमण पुष्टि भएका १०२ जनामध्ये ८ जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कबाहिर रहेका छन् ।
इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखा (इडीसीडी) अनुसार बुधबार बिहानसम्म १६ जना संक्रमित सम्पर्कबाहिर थिए, तीमध्ये ८ जना बिहीबार सम्पर्कमा आएका हुन् ।
‘कसैको फोन अफ छ त कसैको फोन उठेको छैन’ इडीसीटीका केस म्यानेजमेन्ट संयोजक उत्तमकुमार कोइराला भन्छन्, ‘बेपत्ता हुनेहरु तराईका जिल्लाबाट आएका थिए ।’
कोइरालाका अनुसार कोही संक्रमितले पाटनमा स्वाब दिएका छन भने कोहीले टेकुमा दिएका छन् । सम्पर्कबाहिर रहेका संक्रमितहरु फरक फरक ठाउँका रहेका छन् ।
‘यसअघि पनि यसरी नै संक्रमित सम्पर्कविहीन भएका थिए, तर पछि आफैं सम्पर्कमा आएका थिए’ उनले भने ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७