काठमाडौँ – पछिलो समय काठमाडौँ उपत्यकामा कोरोना भाइरसको संक्रमणको संख्या ह्वात्तै बढेको छ । समुदाय स्तर मै संक्रमण फैलिएको हो कि वा कोरोनाको हटस्पट बन्ने हो भन्ने मुख्य चिन्ताले राजधानीबासी चिन्तित छन्।
पछिलो समय काठमाडौँको व्यस्त व्यावसायिक क्षेत्र मानिने असनक्षेत्रमा पनि कोरोनाभाइरसका संक्रमितहरु भेटिएका छन् । संक्रमण फैलिन नदिन अहिले सो क्षेत्रका पसलहरु बन्द गरिएका छन् । त्यस्तै संक्रमितको संक्रमणमा आएकाहरुको पहिचान तथा संक्रमित पत्ता लगाउन स्वास्थ्य परीक्षण पनि गरिदैछ । सो क्षेत्र साउन ३२ गतेसम्म बन्द गरिने सूचना टाँसिएको छ ।
संक्रमितको संख्या बढ्दै जाँदा सरकारले पछिल्लो समय पूरै क्षेत्रलाई लकडाउनको साटो सम्बन्धित क्षेत्र ‘सटडाउन’ गरेर परीक्षणको दायरा बढाउने रणनीति अख्तियार गरेको छ ।
अधिकाम्स पसल तथा व्यवसायिक स्थानहरु बन्द भए पनि सबै बन्द भएका भने छैनन्। असन चोक, कमलाछी, जमल, वटु र महाबौद्ध पूर्णरुपमा बन्द जस्तै भएको छ। यस ठाउँहरु सुनसान भएका छन्। तर कोरोना संक्रमितहरु भेटिएका यसै ठाउँ आसपासका असन बालकुमारी, मछिन्द्र बहाल, इन्द्रचोक, जुद्ध शालिक, न्युरोड, पिउखामा भने पसलहरु खुलेको छ।
पसल खुल्ला रहेका ठाउँहरुमा भने मानिस हरुको चहलपहल पनि उस्तै छ। केहि ठाउँ बन्द भए पनि केहि ठाउँका पसलहरु खुलेका कारण चहलपहल बढेर संक्रमणको जोखिम पनि उत्तिकै बढेको छ।
भिडियोमा हेर्नुहोस :
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३