काठमाडौं – रुसले कोरोनाभाइरस विरुद्धको खोपको आधिकारिक रुपमा दर्ता गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सरकारी टेलिभिजनमार्फत् मस्कोस्थित गमालेया इन्स्टिच्युटले विकास गरेको खोप आधिकारिक रुपमा दर्ता गरिएको मङ्गलबार जानकारी दिएका हुन् । कोभिड–१९ विरुद्धको उक्त खोपलाई ‘मेगेमल’ नामाकरण गरिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार प्रत्यक्ष प्रसारण गरिएको मन्त्रीपरिषद्को बैठकमा रुसी राष्ट्रपति पुटिनले खोप सबै आवश्यक परीक्षणबाट गुज्रिसकेको बताए । रुसी राष्ट्रपति पुटिनले उच्च ज्वरो मापन गरिएको आफ्नो एक छोरीमा खोप लगाइएको जानकारी दिए । खोप लगाएपछि छोरीको स्वास्थ्यमा सुधार आएको उनले बताए ।
रुसले विकास गर्न लागेको खोपको सुरक्षा, प्रभावकारिता र आवश्यक प्रकृया पुरा नगरेको आरोप लागिरहँदा खोप विकास सम्बन्धी यसप्रकारको जानकारी बाहिर आएको हो ।
रुसी अधिकारीहरुले सीएनएनसँगको कुराकानीमा खोपको दत्र्तापछि तेस्रो चरणको परीक्षण सुरु गरिने जनाएका थिए । रुसले विकास गरेको खोप सम्बन्धी वैज्ञानिक तथ्याङ्क सार्वजनिक गरिसकेको छैन् ।
क्रेमलिनको राजनीतिक दबाबका बीच रुस विश्वब्यापी वैज्ञानिक अन्वेषणको शक्ति रहेको चित्रण गर्न खोप सम्बन्धी सूचना बाहिर आएको हुनसक्ने सीएनएनको दाबी छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३