काठमाडौं – भारतका पूर्वकप्तान महेन्द्र सिंह धोनीले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । उनले सबै फ्याम्याटको अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।
उनले इन्स्टाग्राममा सन्देश लेख्दै सबैलाई धन्यावाद भनेका छन् । सन् २००७ मा भारतबाट कप्तानी गरेका भारतलाई सन् २००७ र २०११ को विश्वकप उपाधि दिलाएका थिए ।
३० डिसेम्बर २०१४ मा टेष्ट कप्तान र जनवरी २०१७ मा ओडीआई कप्तानी छाडेका उनले सन् २०१९ को विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७