बिगेन तुलाधर, काठमाडौ – कमल नेपाली काठमाडौँका गल्लीहरुमा रिक्सा चलाएर आफ्नो गुजरा चलाइरहेको थिए । आफ्नो परिवार यही रिक्साको कमाइले दुख-सुख पाल्दै आइरहेका थिए ।
कोरोनाका कारण सरकारले लकडाउनको निर्णय गर्यो, त्यससँगै उनको जिवनमा पनि क्रममैसँग दुखहरु सुरु हुदै गयो । जसो तसो गाँउ जाने प्रबन्ध जुटाए, अनि आँटो पिठो जे छ त्यही भएपनि खाएर जिवन धान्न गाँउ गए ।
लकडाउन खुकुलो गर्ने सरकारको निर्णयसँगै उनका खुट्टाले रिक्साका पाइडल खोज्न थाले, मनमा काठमाडौँको रिक्साबाट हुने कमाइ सम्झिन थाले । ५०० रुपैयाँ मुस्किलले पर्ने गाडी भाडाको ठाँउमा ४ हजार रुपैयाँ तिरेर अनेक दुखका साथ उनी काठमाडौँ भित्रिए ।
पहिले जस्तो भरिभराउ थिएन काठमाडौँ । गोरा विदेशी छालाबिहिन थियो काठमाडौँ, जसले कमलका गोजी भरिदिन्थेँ । बिहान उठेर पाइडल थिच्दै उनी ग्राहकको खोजीमा हिड्थेँ, बेलुकासम्म निराशा बाहेक केहि हात पदैन थियो । एकाध ग्राहकले आधि पेट खान भने पुगिरहेकै थियो ।
कोरोना संक्रमितको संख्या बढ्ने क्रम रोकिदै रोकिएन । सरकारले फेरी काठमाडौँ उपत्यकामा निषेधाज्ञाको निर्णय गर्यो र फेरी आधि पेट मात्रै भएपनि जसो तसो गुजरा गरिरहेका कमल भोकै पर्ने अवस्था आयो । उनी सम्झिन्छन् , रित्तो कोठा, भाडाको आशमा बसेका घरधनीको अनुहार ।
सरकारले जारी गरेको निषेधाज्ञा पलना गर्ने सामर्थ्य कमलमा रहेन, उनी सदाजस्तै बिहिबार पनि रिक्सा लिएर निस्किए । प्रहरीले रिक्सा नचलाउन भन्दै रोकटोक गरे । ग्राहक पाउने आश नभएपनि भोको पेटको कहरले कमललाई रिक्सा निकाल्न बाध्य बनायो ।
बेकार आएछु काठमाडौँ, अब भोकै मर्ने त होला । उनले दुखेसो पोख्दै थिए ।
सरकारबाट के अपेक्षा गर्नुभएको छ कमल जी भनेर सोध्न पनि सकिन । यो परिस्थितीमा सम्भवत उनलाई त्यो शब्द देखि नै घृणा जागेको हुनु पर्छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३