तीजको ब्रत श्रीमानको लागि नभएर यस कारण आफ्नै लागि

भन्न त श्रीमानको दृघायुको लागि तीजको ब्रत बस्ने भन्ने प्रचलन छ । तर जन्मदै मृत्यु तय गरेर आएको मनुष्यको चोला श्रीमतीले ब्रत बस्दैमा बढ्ने होइन । हिन्दु नारीहरुले सदियौँ देखि मनाउदै आएको तीजको वास्तविक अर्थ भने कमैले मात्र बुझेको पाइन्छ ।

वर्षमा एक दिन पानी पनि नपिइ निराहार बस्नु स्वास्थ्यका लागि पनि उत्तम हो । तर आफ्नो स्वास्थ्यको अवस्थाले पनि कस्तो ब्रत बस्ने भन्ने निर्धारण गर्नु पर्छ ।

दर खाने दिन मसालेदार, अति चिल्लो खाने कुरा खाने चलन रहेको छ । जुन सरासर स्वास्थ्यको लागि नकारात्मक हो । हलुका र साकाहारी भोजनले शरीरमा आलस्यता हुदैन ।

परावुर्वकालका तीजसम्बन्धी कताहरु सुन्न पाइन्छ । भगवान शिव ध्यानमा बसिरहेको समय सुन्दरी पार्वतीलाई देखेर शिवले ध्यान भंग गरे । आफ्नो ध्यान भंग भएको शिवको आक्रोश चुलियो र पार्वतीलाई श्राप दिए । सुन्दर्ता कै कारण आफ्नो ध्यान भंग भएको कारण पार्वतीको सुन्दर्ता कुरुप होस भनेर श्राप दिए । शिवको श्रापले पार्वती कुरुप भइन् । आफ्नो सुन्दर्ता कुरुपतामा परिणत भएपछि पार्वती विलाप गर्दै भगवान विष्णुकोमा पुगिन् । त्यती सुन्दरी पार्वतीलाई त्यस रुपमा देख्दा भगवान विष्णुले पनि उनलाई चिन्न सकेनन् । पार्वतीले रुदै घटेको सबै घटना क्रम विष्णुलाई सुनाइन् । सबै कुरा सुनिसकेपछि विष्णुले उनको गुमेको तेज फिर्ता हुने उपाए सिकाए । पानी पनि नखाइ निराहार ब्रत बस्नु , गुमेको तेज फिर्ता हुन्छ ।

विष्णु कै सल्लाह अनुसार पार्वतीले भाद्र सुक्लपक्ष द्वितियका दिन पानीसमेत नखाइ ब्रत सुरु गरिन् । पार्वतीको यो कठोर ब्रत देखेर शिव प्रसन्न हुदै उनको गुमेको तेज फिर्ता गरिदिए ।

तेज प्रप्तीका निम्ती गरिएको तेज ब्रत पछि गएर तीजको ब्रत हुन गयो । महिलाहरु बिहेको पहिरनमा निकै राम्री हुन्छन् । त्यसैले बिवाहकै कपडा र श्रींगारमा सजिएर ब्रत बस्ने गर्छन् । वास्तविक्तामा श्रीमानको आयुको लागि नभएर आफ्नो सुन्दर्ता सदाबहार कायम रहोस भन्ने नै हो ।

पछिल्लो समय संस्कृतीमा पनि विकृती मौलाउदै गएको छ । महंगा लुगाफाटो र गहना प्रदर्शन गर्ने चाढको रुपमा तीज परिर्णत हुदै गइरहेको छ । हुने खानेको तडक भडकले हुदा खानेको खुसी मै निराशाको लेप लगाइदियो । कानमा सामान्य टप झुण्डाउनेहरुको खुसी गलामा हिराको हार भिरेर प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुको रवैयाले लुट्यो । सारीमा कतै उध्रिएको सानो पाटो सिलाएर लगाउने महिलाको मुहार हजारौ रकमको सितारा जडित सारी लगाउनेको रवाफले अध्यारियो ।

कोभिड १९ का कारण महिना दिन अघि नै पार्टी प्यालेसमा रक्सी र डिस्कोमा झुम्ने कार्य रोकियो । हजारौँ रकम दरको नाममा महिनौ अगाडी देखि खर्चिने चलन रोकियो । कोभिड १९ ले केही कुरा सिकाउन पनि खोजेको छ, अनावश्यक तडक भडक रोकेर सभ्यताका साथ तीज मनाऔँ ।

श्रीमानको लागि होइन, आफ्नै लागि स्वास्थ्य स्थिती अनुसार ब्रत बसौँ । हरितालिका तीजको सबैमा शुभकामना ।

सरास्वती खड्का
सदस्य, अखिल नेपाल केन्द्रिय महिला समिति
सदस्य, नेकपा जिल्ला कमिटि

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार